२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

खप्तड लघुवित्तको आइपीओमा आवेदनको ओइरो


९ भदाै, काठमाडाैँ । खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओमा लगानीकर्ताको ओइरो लागेको छ । कम्पनीले भदौ ८ गते बुधबारदेखि सर्वसाधारणको लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा मागभन्दा धेरै बढी आवेदन परेको छ ।

सीडीएसका अनुसार बिहीबार बिहान १० बजेसम्ममा ६ लाख ५५ हजार ६६७ जनाले ७४ करोड २७ लाख रुपैयाँ बराबरको ७४ लाख २७ हजार कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६०.१८ गुणा बढी आवेदन हो ।

लघुवित्त कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको हो । जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३२० कित्तासम्मका लागि छिटोमा भदौ १२ गतेसम्म र ढीलोमा भदौ २७ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

केयर रेटिङ्गस नेपालले आईपीओ लघुवित्तको आईपीओलाई ुकेयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार १३:१३