२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

धौलागिरी लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?


९ भदाै, काठमाडौं । धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । उक्त आईपीओ हिजो (भदौ ८ गते बुधबार) बाँडफाँड भइसकेको छ ।

कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बन्ने गर्दछ । आफुलाई परेको आईपीओले दोस्रो बजारमा कारोबारका लागि कति रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो ।

अहिले यस्तै चासोको बिषयमा रहको छ धौलागिरी लघुवित्त कम्पनी । यो कम्पनीको आईपीओ बाँडफाँड भइसकेकोले अब नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ४८ रूपैयाँ ६६ पैसादेखि अधिकतम ४ सय ४५ रूपैयाँ ९८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

संस्थाको आर्थिक वर्ष २०७७।७८ को प्रतिसेयर नेटवर्थ १ सय ४८ रूपैयाँ ६६ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ४ सय ४५ रूपैयाँ ९८ पैसा हुन्छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार १२:५४