१५ जेष्ठ २०८१, मंगलवार | Tue May 28 2024

सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर


९ भदाै, काठमाडाैँ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले भदौ ९ गते देखि १३ हजार ७१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयरको भाउ प्रतिकित्ता न्यूनतम ६५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई न्यूनतम आधार मानेर दर रेट तोक्नुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले भदौ २३ गते भित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड टेकुमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

यसमा लघुवित्तका विद्यमान अन्य संस्थापक सेयरधनीको आवेदन नपरेको हुँदा अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार ०९:१३