२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

तीन बैंकको सिडी रेसियो ९० प्रतिशत नाघ्यो

६ भदाै, काठमाडाैँ । राष्ट्र बैंकले सिडी रेसियो ९० प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था गरेको छ । ३ वाणिज्य बैंकहरुको सिडी रेसियो ९० प्रतिशत नाघेको छ । मौद्रिक नीतिमा भएको व्यवस्था अनुसार सिडि रेसियो ९० प्रतिशत नाघेमा राष्ट्र बैंकले कारबाही गर्नसक्ने व्यबस्था छ ।

सीडी रेसियो ९० प्रतिशतभन्दा तल कायम गर्न राष्ट्र बैंकले गत आवमा बैंक तथा वित्तीय संस्थाहरुलाई गत असार मसान्तसम्मको समयसीमा दिएको थियो।

राष्ट्र बैंकको समससीमासम्म वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा तल नै रहेपनि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २६ वटा वाणिज्य बैंकमध्ये अधिकांशले सीडी रेसियो ९० प्रतिशतभन्दा तल नै राखेका छन् भने ३ वटाको ९० प्रतिशतभन्दा माथि पुगेको छ।

सेन्चुरी बैंक, नबिल बैंक र नेपाल बैंकको सीडी रेसियो ९० पुगेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ। नेपाल बैंकर्स संघका अनुसार साउन मसान्तसम्ममा सेन्चुरी बैंकको सिडि रेसियो ९१.६३ प्रतिशत, नबिल बैंकको ९०.९२ प्रतिशत र नेपाल बैंकको ९०.७२ प्रतिशत रहेको छ । तर समग्र वाणिज्य बैंकहरुको सिडि रेसियो भने उक्त अवधिमा ८८.०७ प्रतिशत मात्र रहेको छ ।

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप साउन लागेयता १ खर्ब ८ अर्ब रुपैयाँले घटेको छ । एनबीएले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटेको हो । योसँगै साउन ३१ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३३ अर्ब रुपैयाँमा झरेको छ ।

गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो। साउन अन्तिम ४ दिनमा वाणिज्य बैंकहरुको निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ ।

साउन लागेयता वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ । योसँगै साउन ३१ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो।

प्रकाशित मिति : August 22, 2022 at 12:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/