१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नुवाकोटकी युवतीले केरा खान बोलाएको रात नै श्रीमतिद्धारा तुलबहादुरको हत्या, खुल्यो रहस्य

५ भदौ, बागलुङ । बगलुङको निसीखोला गाउँपालिका-४ का तुलबहादुर विकको हत्या आफ्नै श्रीमतिले गरेको खुलेको छ । प्रहरीले हत्यामा संलग्न श्रीमती कुमारी कामीलाइ पक्राउ गरेर सार्वजनिक गरेको छ । निसीखोलामा भदौ १ गते टाउको काटिएको युवकको शव फेलापरेपछि प्रहरीले अनुसन्धान गरेर शवको पहिचान गरेको थियो ।

टाउको छिनाएको अवस्थामा विभत्स शव भेटिएपछि त्यसको अनुसन्धानमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ, इलाका प्रहरी कार्यालय गलकोटका इन्सपेक्टर सहित जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवाली आँफै घटनास्थल पुगेका थिए ।

शवको पहिचान भएको ५६ घण्टामै प्रहरी हत्यामा संलग्न तुलबहादुरकै श्रीमतीलाई प्रमाणसहित पक्राउ गरेको छ । प्रहरीको हत्यामा सहयोग गरेको शंकाको आधारमा मृतकको साली मनिषा विकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

श्रीमतीलाई सहवासको क्रममा अर्को युवतीको नाम र परिचय दिँदै निरन्तर हैरानी गरेपछि हत्या गरेको कुमारीले बताएकी छिन । उनले हत्यामा प्रयोग गरेको हतियार पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरी प्रमुखकै नेतृत्वमा अनुसन्धान 

निसीखोलामामा भदौ १ गते टाउको काटिएको युवकको शव फेला पर्‍यो। प्रहरीले हातमा कोपिएको ट्याटुबाट प्रहरीले निसीखोला गाउँपालिका ५ का तुलबहादुर विकको शव भएको पत्ता लगायो। उनको एक हप्ता अगाडि नै हत्या गरेर खोलामा फालिएको पुष्टि पनि भयो । त्यसको ५६ घण्टामा बागलुङ प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवालीको नेतृत्वमा प्रहरीले हत्यामा संलग्न रहेकाहरूलाई पक्राउ गरेर जिल्ला अदालत बागलुङबाट म्याद थप गरी अनुसन्धानलाई थप अघि बढाएको छ ।

हत्याकै राति नुवाकोटको युवतीको म्यासेज 

तुलबहादुरको हत्या भएकै दिन मध्यरातमा नुवाकोटतिरको एक युवतीले केराको तस्बीर पठाउँदा केरा खान बोलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तुलबहादुरको केरा खान बोलाउने नुवाकोटकी ती युवती बाहेकका अन्यसँग पनि सामाजिक सञ्जाल फेसबुक मार्फत लामो लामो कुराकानी गर्ने गरेको देखिएको छ ।

हत्याको प्रमुख कारण परस्त्रीसँगको सम्बन्ध

तुलबहादुरको हत्याको प्रमुख कारण निरन्तरको परस्त्रीसँगको सम्बन्ध ती सम्बन्धका विषय लिएर श्रीमतीलाई दिएको हैरानी प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्याकै राति पनि तुलबहादुर र कुमारीकोबीचमा शारिर सम्बन्धन भएको थियो । रक्सीले मातिएका उनले श्रीमतीसँग शारीरक सम्बन्ध राख्दै उनैलाई दुःख दिने र उनको नराम्रो कुरा र परस्त्रीको राम्रो वयान गरेका थिए । तुलबहादुरले श्रीमतीसँगको सम्बन्धको समयमा गर्ने गरेको कुरासँग मिल्ने खालका उनका फेसबुक च्याटहरू पनि भेटेपछि प्रहरी पनि अचम्ममा परेको छ । प्रहरीले हत्याका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

घटना विवरण

मिति २०७९।०५।०१ गते अं. ११:१५ बजेको समयमा जिल्ला बागलुङ निसिखोला गा.पा. वडा नं. ४ कालीमाटी स्थित निसिखोलाको किनारमा जिल्ला बागलुङ निसीखोला गाउपालिका वडा नं. ५ कामीडाडा बस्ने गुन बहादुर कामीको छोरा बर्ष अं.२५ को फर्से भन्ने तुल बहादुर बि.क.को घाटी काटिएको अवस्थामा टाउको नभएको लाश फेला परेको ज्यान सम्बन्धी कसुरको अनुसन्धानको क्रममा मिति २०७९।०४ ।२५ गते रातको समयमा निज फर्से भन्ने तुल बहादुर बि.क.लाई निजको श्रीमती कुमारी कामीले दाउरा र घनले टाउको प्रहार गरी बेहोस बनाइसकेपछि खुकुरीले टाउको छिनाई घर नजिकै रहेको निसीखोलामा लगि लासलाई खोलामा बगाईदिएको हुदा कुमारी कामीलाई पक्राउ गरिएको साथै उक्त घटनाको सूचना प्रहरीलाई जानकारी नगराउने कुमारी कामीकी बहिनी बर्ष १८ की मनिषा बि.क अनुसन्धानबाट खुल्न आएको हुँदा उक्त कसुरमा संलग्न २ जना व्यक्तिहरूलाई मिति २०७९।०५।०४ गते नियन्त्रणमा लिई मिति २०७९।०५।०५ गते सम्मानित जिल्ला अदालत बागलुङबाट दिन ५ (पाँच) को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार ०९:५२