९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

धौलागिरी लघुवित्तको आइपीओ भदौ ७ गते बाँडफाँड हुने


५ भदाै, काठमाडाैँ । यति बेला धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँड कहिले हुन्छ होला भन्ने सबैमा चासोको बिषय बनेको छ । कम्पनीको आईपीओमा मागभन्दा ७०.४५ गुणा बढी गुणा बढी आवेदन परेको छ । मागभन्दा धेरै बढी आवेदन परेको हुनाले कम्पनीको १० कित्ता सेयर पाउने भाग्यमानी सावित हुनेछन् ।

आवेदन दिने लगानीकर्ताहरुको चासो रहेको लघुवित्तको आईपीओ भदौ ७ गते मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंगलबार बाँडफाँड गर्ने तयारी रहेको छ । कम्पनीको आईपीओ मंगलबार कति बजे कुन स्थानमा गर्ने भन्ने अहिले तय नभएको बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको थियो ।

अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १९ लाख ५२ हजार ४६० जना आवेदनबाट २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयरको लागि आवेदन परेको थियो । लघुवित्तले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड हुने छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आईतवार १३:५४