१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

निहारिका राजपूत प्रकरण : बलात्कार आरोपी शिवराज श्रेष्ठ पक्राउ

३१ साउन, काठमाडाैं । प्रहरीले निहारिका राजपूत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।

श्रेष्ठमाथि बलात्कारको आरोप लगाउँदै निहारिकाले बलात्कारबाट जन्मिएको बच्चाको डीएनए टेस्टको माग गर्दै अनसन बस्दै आएकी छन् ।वसन्तपुरमा अनसनरत निहारिका अहिले त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छन् । राष्ट्रपति कार्यालय अगाडि आत्मदाह प्रयास गर्दा प्रहरीले उद्धार गरी उनलाई अस्पताल भर्ना गरेकाे हाे ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार २१:०९