११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

नेपाली पाठशाला एडिलेडमा नयाँ नेतृत्व, अध्यक्षमा उपाध्याय

२६ साउन, एडिलेड । नेपाली पाठशाला एडिलेडको एक भेलाबाट अंकुर उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । नव गठित कार्य समितिमा अध्यक्ष उपाध्याय सहित उपाध्यक्ष जिवन सापकोटा, सचिव प्रमिल दहाल, कोषाध्यक्ष चन्द्र मणि पाण्डे, बिद्यालयको प्राचार्य बिना धमला, सदस्यहरु देवेन्द्र खरेल, सरोज खनाल, अनिता लम्साल, अमृता खरेल, युवक खकुरेल, शुशिला शर्मा रहेका छन् ।

यसै गरि सल्लाहकारहरुमा कपिल पाण्डे, नविन सागर शर्मा, प्रमोद अर्याल, राजन पाण्डे, सुनिल शर्मा रहेका छन् । पाठशाला अन्तर्गत हाल ७५ विद्यार्थी अध्ययनरत छन् । नेपालीमुलका बालबालिकाहरुलाई नेपाली भाषा पठनपाठन गराउने उद्देश्यले संचालित विद्यालय प्रत्येक आइतवार बिहान ९.३०-१२.३० बजे सम्म संचालन हुने गरेको छ ।

सामाजिक संस्था रुपमा समेत रहेको पाठशालाले विभिन्न विषयमा छलफल गर्ने गरि ज्ञानगुन चौतारी समेत संचालन गर्दै आएको छ । पाठशालाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष कपिल पाण्डेले विभिन्न समसामयिक विषय तथा समाज उपयोगी बिषयमा सरोकारवालाहरु विच छलफल हुने ज्ञानगुन चौतारी कोरोना लगायतका कारणले नियमित हुन नसकेको तर अगामी दिनमा त्यसलाई निरन्तरता दिए बताए ।

पाठशालाकै आयोजनामा प्रत्येक वर्ष तिज कार्यक्रम हुने गरेकोमा यस बर्ष चर्चित नेपाली कलाकार सुनिता दुलाल सहित मनाउने भएको छ भने तिहारमा बालबालिकाहरुलाई नेपाली सांकृतिक महत्व दर्शाउने गरि देउसी भैलौ कार्यक्रम पनि संचालन गर्दै आएको छ ।

नव निर्वाचित अध्यक्ष उपाध्यायले बिगत बर्षहरुमा संचालित कार्यक्रमहरुलाई यस बर्ष पनि निरन्तरता दिने बताए ।गत वर्षबाट शुरु गरिएको पाठशाला कप भेट्रान फुटवललाई यस बर्ष अझ भव्य ढंगबाट संचालन गरिने बताए ।

प्रकाशित मिति : August 11, 2022 at 4:24 pm