११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

प्रवासी नेपाली मञ्ज जापान कान्तो क्षेत्रीय कमिटीको अध्यक्षमा बुद्धिराज घिमिरे (सूचीसहित)

२२ साउन, जापान । प्रवासी नेपाली मञ्ज जापान कान्तो क्षेत्रीय कमिटीको पाँचौ अधिवेशनले बुद्धिराज घिमिरेको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत गठन गरेको छ । नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको प्रमुख अातिथ्यतामा भएको अधिवेशनबाट उपाध्यक्षमा विष्णु सापकोटा चयन भएका छन ।

मञ्चको सचिवमा मनोज श्रेष्ठ, उप-सचिवमा विनोद कार्की र सन्जिव गिरी चयन भएका छन । यस्तै सदस्यहरूमा बासुदेव पन्त, मोतिराम भण्डारी, हरी गेलाल, सन्तोष अधिकारी, विनोद खड्का, महेन्द्र के.सी., अर्जुन बन्जाडे, कमल पाण्डे, प्रिपेड केवल राई, विज्ञान पौडेल, विपिन श्रेष्ठ, ज्ञानेन्द्र के.सी., जगन्नाथ अर्याल, सुरेन्द्र गिरी र नहकुल खड्का चयन भएका छन ।

अधिवेशनको उद्घाटन समारोहमा कुलचन्द्र खरेल, महेन्द्र अधिकारी, सुरेश केसी, डा सरोज कडेँलले प्रवासी नेपाली मन्चका बिभिन्न कमिटीको तर्फबाट तथा नेकपा (एमाले ) बागमती प्रदेश कमिटी सदस्य परसु बस्नेत र गैर आवासीय नेपाली संघ जापानको तर्फबाट महासचिव सिद्धार्थ श्रेष्ठले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : August 7, 2022 at 5:16 pm