१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

काठमाडाैँबाट प्रेम कुमार गुरुङसहित १७ जुवाडे पक्राउ

२० साउन, काठमाडाैँ । काठमाडौं महानगरपालिका–४ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ रावावेशी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–४ गणेशवस्ती बस्ने ४७ वर्षीय प्रेम कुमार गुरुङ समेत १२ जना छन् । उनहरुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २७ हजार रूपैयाँ र ३० बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी बुढानिलकण्ठ नगरपालिका–१० कपन रुद्रमती चोक बस्ने अर्जुन प्रसाद अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा अधिकारी समेत ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १२:४८