१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

वाइडबडी खरिद भ्रष्टाचारः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थाल्यो

१९ भदाै, काठमाडाैँ । नेपाल वायुसेवा निगमले वाइडबडी खरिद गर्दा आर्थिक अनियमित गरेको  विषयमा अख्यिार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

अायोगले छानबिनका लागि अवश्यक सबै सामग्री निगमबाट मागेको प्रवक्ता रामेश्वर दंगालले  बताएका छन । निगमले कागजात उपब्लध नगराए छापा मारेर कागजात जफत गर्ने तयारी पनि अायोगले गरेको छ । अायोगले अहिले निगमसँग वाइडबडी ३३०–२०० विमान खरिद सम्झौता, भुक्तानीसम्बन्धी सबै कागजात मागेको छ ।

विवादमा रहेको पहिलो वाइडबडी विमान असार १४ र दोस्रो विमान साउन १० गते फ्रान्सको तुलुजबाट नेपाल ल्याइएको हो। वाइडबडी विमान नेपाल आइपुग्नु पहिले महालेखापरीक्षकको ‘५५ औँ वार्षिक प्रतिवेदन २०७४’मा विमान खरिद प्रक्रिया कानुनसम्मत नभएको उल्लेख थियो।

निगमले वाइडबडी विमान खरिद गर्दा प्रति विमान अमेरिकी डलर १० करोड ४८ लाखका दरले २ विमान खरिद गर्न २० करोड ९६ लाख अमेरिकी डलरमा एएआर कर्पोरेसनमार्फत् सम्झौता गरेको थियो।

प्रकाशित मिति : September 4, 2018 at 7:46 pm