७ असार २०८३, आइतबार | Mon Jun 22 2026

सप्तकोशी पीडितका लागि सरकारले राहत दिन्छः मन्त्री खड्का

१९ साउन, काठमाडाैँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि केन्द्रीय सरकारले राहत र उचित व्यवस्थापन गर्ने बताएका छन । बिहीबार सप्तकोशी नदी पुरानै धारमा फर्किएर डुवानमा परेका उदयपुरका बिभिन्न स्थान र कोसी कटान क्षेत्रको निरिक्षण गर्दै मन्त्री खड्काले बाढी पीडितका लागि सरकारले उचित प्रवन्ध गर्ने बताएका हुन।

उनले बाढीका कारण हजारौं बिस्थापीत हुनुपरेको र अव नदिको वहाव कम भएपछि बाध बाध्ने काम सुरु हुने जानकारी दिए । कोसीको कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको श्रीलंका टापु जलमग्न हुँदा २० हजार भन्दा बढि सर्वसाधारण विस्थापित भएका छन् ।

प्रकाशित मिति : August 4, 2022 at 7:31 pm