२२ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 6 2026

मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको विमानबाट शंकास्पद व्यक्ति पक्राउ

१८ साउन, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन्। नेपाल एयरलाइन्सको विमानबाट मुम्बई जान लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेक राईले जानकारी दिए।

विमानस्थलका प्रवक्ता सिटौलाका अनुसार कैलाली प्रहरीले भाग्न लागेका व्यक्तिलाई पक्राउ गर्न भन्दै अनुरोध गरेको थियो। ‘कैलालीबाट पक्राउ गर्न आदेश आएपछि अनुसन्धानको लागि भनेर यहाँको प्रहरीलाई अनुरोध गरेको रहेछ। त्यसैले जहाजभित्र चढिसकेका रहेछ,’ उनले भने, ‘त्यसपछि सहकार्य गरेर नेपाल प्रहरीले उनलाई झारेको हो।’ उनका अनुसार केहीबेरमै सो जहाज उड्ने छ।

प्रकाशित मिति : August 3, 2022 at 4:07 pm