७ असार २०८३, आइतबार | Mon Jun 22 2026

भातृ संस्थालाई चुस्तरूपमा अघि बढाऔँ: गगन थापा

१८ साउन, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ सङ्गठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन ।

काठमाडौं महानगरपालिका–८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तक्र्रिया कार्यक्रममा बोल्दै थापाले भातृ सङ्गठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताए ।

संसद्मा जल्दाबल्दा विषयवस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने जनाउँदै उनले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : August 2, 2022 at 9:04 am