१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त, ५ः३० बजे सपथ

१५ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनस् अर्थमन्त्रीमा नियुक्त भएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाइ अर्थमन्त्रीमा नियुक्त गरेकी हुन । शर्माको सपथ आजै साँझ ५ः३० बजेका लागि तोकिएको छ ।

बजेट निर्माणको अन्तिम समयमा बाह्य व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएका शर्मा आर्थिक अपराधमा बहुमतको बलमा उन्मुक्ति पाउँदै मन्त्रालय फर्किएका हुन ।

नेकपा माओवादी केन्द्रले आइतबार शर्मालाइ पुनः मन्त्री बनाउने निर्णय गरेको हो । पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन पार्टीले गरेको निर्णयको सिफारिस बुझाएका थिए ।

बजेट निर्माण गरेको अपराध देखिने सीसीटीभी फुटेज नष्ट गराएका शर्मालाइ संसदीय छानविन विशेष समितिले बहुमतको बलमा उन्मुक्ति दिएको थियो ।

प्रकाशित मिति : 16:25