एमाले विभाग प्रमुखहरूको बैठक सुरु
१५ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टीका विभिन्न ३३ वटा विभागीय प्रमुखसहितको सहभागी छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुति भइरहेको रिजालले जानकारी दिए ।
प्रकाशित मिति : July 31, 2022 at 1:27 pm









