७ असार २०८३, आइतबार | Mon Jun 22 2026

एमालेको नेतृत्वमा मात्रै देश विकास सम्भव छः महासचिव पाेखरेल

१३ साउन, तनहुँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेको नेतृत्वमा मात्रै देश विकास सम्भव रहेको बताएका छन् । नेकपा (एमाले) शुक्लागण्डकी नगर कमिटीले आज दुलेगौडामा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् ।

‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले सदैव प्रतिबद्ध रहेको महासचिव पोखरेलको भनाइ थियो । अन्य राजनीतिक दल यथास्थितिवादी भएकाले अन्य पार्टीको नेतृत्वमा विकास सम्भव नरहेको पोख्रेलले दाबी गरे ।

देश विकास र समाज निर्माणमा एमालेलाई अब्बल बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने महासचिव पोखरेलले बताए । “प्रशिक्षण कार्यक्रमबाट नेता तथा कार्यकर्तालाई सक्रिय बनाउँदै देश विकासको अभियानमा लाग्ने प्रेरणा जगाउनुपर्छ”, पोखरेलले भने ।

प्रकाशित मिति : July 29, 2022 at 6:59 pm