बाबुराम भट्टराईको नयाँ दलकाे नाम ‘नेपाल समाजवादी पार्टी’
१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी छाडेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टीको नाम नेपाल समाजवादी पार्टी रहने भएको छ ।
निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाईएको छ । भट्टराई निकट नेताका अनुसार नाम अद्यावधिक भएको पार्टी नै अब डा.बाबुराम भट्टराईको नेतृत्वमा रहनेछ ।
भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हमा लडेर जितेका थिए । जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई अलग हुने सहमति गरेका थिए ।
प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १८:४६












