नागरिकता विधेयक नटुंगिदासम्म चुनाव घोषणा गर्न हुन्नः प्रचण्ड
१२ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा आफैँले रोकेको बताएकाछन ।
प्रेस संगठनका पूर्व पदाधिकारीसँग बिहीवार भएको भेटमा प्रचण्डले चुनावको मिति घोषणा गर्न आफैँले रोकेको बताएका हुन । उनले प्रेस संगठनका नेताहरूसँग प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणाका लागि सहमति मागेको तर आफूले केही समय रोक्न अनुरोध गरेको बताए ।
बुधबार प्रचण्ड र देउवाको बीचमा टेलिफोन संवाद भएको थियो । नागरिकता विधेयक पुरै नटुंग्याइ चुनाव घोषणा गर्न नहुने पक्षमा आफू रहेको बताए । यद्यपी प्रचण्डले चुनावचाहिँ मंसिर ४ मै हुने बताएका छन ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १६:५५












