१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

वडाध्यक्षलाइ खुकुरी प्रहार गर्ने दुईजना पक्राउ

११ साउन, सुर्खेत । वडाध्यक्षलाइ खुकुरी प्रहरी गरी घाइते बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जाजरकोट बारेकोट गाउँपालिका –६ का वडाध्यक्ष डम्बरबहादुर महतारालाइ साउन ९ गते खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले बारेकोट– ६ का टेकेन्द्र नेपाली र अविनास विकलाइ पक्राउ गरेको हो ।

उनीहरुलाइ कुशे गाउँपालिका– ५ बाटुलेबाट पक्राउ गरिएका जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए । घाइते वडाध्यक्ष महतारालाइ टाउकोमा सात टाँका लगाएर कोहलपुर मेडिकल कलेजमा उपचार जारी रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार १९:१४