जनार्दन शर्माले मेटाएको सीसीटीभी फुटेज भेटियो, विज्ञसँग छलफल गर्दै संसदीय समिति
१० साउन, काठमाडौँ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले मेटाएको सीसीटीभीको फुटेज रिकभर गरिएको छ । प्राविधिक विज्ञहरू लगाएर फुटेज रिकभर गरिएको हो । शर्माले गत जेठ गते राति अनधिकृत व्यक्तिहरू प्रवेश गराएर करको दरहरू हेरफेर गरेर आर्थिक अपराधको आरोपमा संसदीय छानविन विशेष समिति गठन भएपछि उनले राजिनामा दिएका छन ।
अहिले ११ सदस्यीय समितिले उनको आर्थिक अपराधको बारेमा छानविन गरिरहेको छ । मंगबालर बिहान बसेको संसदीय समितिको बैठकमा विज्ञ टोलीले रिकभर गरेको फुटेज सांसदहरूले हेरेका छन ।
यद्यपी त्यो प्रष्टसँग देख्न नसकिने रहेको बताएको छ । त्यसपछि समितिले प्रहरीको फरेक्सिक विज्ञहरुसँग छलफल गर्नेगरी अहिले बैठक स्थगित गरिएको छ । टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको समितिले जनाएको छ ।
अपरान्ह ४ बजे बस्ने बैठकले यसबारेमा थप निर्णय लिने समितिका एक सदस्यले दैनिकीलाई जानकारी दिए ।
प्रकाशित मिति : July 26, 2022 at 12:49 pm









