१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

नेकपा (एमाले)ले नागरिकता विधेयकको विरूद्धमा साउन १६ गते प्रदर्शन गर्ने

८ साउन, सुर्खेत । नेकपा एमालेले यही साउन १६ गते नागरिकता विधेयकको विरूद्धमा प्रदर्शन गर्ने भएको छ । एमाले महासचिव शंकर पोखरेले आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा भएको पत्रकार अन्तरक्रियामा यही साउन १६ मा एमालेले बिरोध प्रदर्शन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

उनले सत्ता र परमादेशी गठबन्धन टिकाउनका लागि नागरिकता विधेयक संसदबाट रातारात पारित गरिएको बताए । नागरिकता जस्तो संवेलनशील विषयको विधेक जसरी पास गरियो त्यो सरकारको नालायकीपन भएको महासचिव पोखरेलको भनाइ थियो ।

प्रकाशित मिति : 10:30