८ असार २०८३, सोमबार | Mon Jun 22 2026

माओवादी नरोकिने ओरालो यात्रामाः महासचिव पोखरेल

८ साउन, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी क्रमश ओरालो यात्रामा रहेको बताएका छन । सुर्खेतको वीरेन्द्रनगरमा प्रेस चाैतारीसँगको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन ।

२०६४ सालमा माओवादी र एमालेको मतान्तर धेरै ठूलो नभएको तर अहिले एमाले र माओवादीको मतान्तर ठूलो भएको पोखरेलले बताए । उनले भने ‘२०६४ सालमा माओवादीले ३० प्रतिशत मत पाएको थियो । एमालेले २२ प्रतिशत पाएको थियो । यो ठूलो मतान्तर होइन ।’

पत्रकारले सोधेको प्रश्नको जवाफ दिंदै पोखरेलले भने ‘अहिले एमालेको ३४ प्रतिशत मत छ माओवादीको १२ प्रतिशत छ । यो चाँही ठूलो मतान्तर हो ।’ मतको यो ढाँचाले माओवादी क्रमश ओरालो यात्रामा रहेको पुष्टी हुने उनको दलिल रहेको छ । भेरी बबइ डाइभर्सनलाई जोडेर आफूलाई कर्णाली विरोधी भन्नु गलत भएको भन्दै उनले स्पष्टिकरण पनि दिए ।

प्रकाशित मिति : July 24, 2022 at 10:17 am