१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

वास्तविक नागरिकलाई नै अल्पमतमा राख्ने प्रतिस्पर्धा दुर्भाग्यः कांग्रेस नेता भण्डारी

८ साउन, काठमाडाैँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले वास्तविक नागरिकलाई नै अल्पमतमा राख्ने प्रतिस्पर्धा दुर्भाग्य भएको बताएका छन । नागरिकता संशोधन विधेयक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा लगायतका दलहरूको सहमतिमा प्रतिनिधिसभाबाट रातारात पास गराइएपछि नेता भण्डारीले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन ।

नेता भण्डारीले भनेका छन, “नागरिकता विहीन नागरिक हुनु हुँदैन” तर वास्तविक नागरिकलाई नै अल्पमतमा राख्ने प्रतिस्पर्धा दुर्भाग्य !!! शक्तिशाली देशको बिचमा रहेको भुगोलमा सानो देश । कहिलेकाही कति पछुतो लाग्दछ विगतलाई सम्झना !!!’

उक्त विधेयकमा बिहे गरेर नेपाल आउने विदेशी नागरिकले निवेदन दिनेवित्तिकै पाउने गरी व्यवस्था गरिएको छ । जबकी छिमेकी देश भारतमै त्यस्तो प्रावधान सात वर्षको राखिएको छ । अर्थात बिहे गरेर भारत पुगेका कुनै पनि देशका नागरिकले ७ वर्षपछि नागरिकताका लागि निवेदन गर्न सक्छन तर नेपालमै त्यही भारतको इच्छा अनुसार केही दलहरूले यस्तो व्यवस्था राखेका छन ।

प्रकाशित मिति : 09:24