२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

कांग्रेसले बहुमत ल्याए कम्युनिष्ट आन्दोलन समाप्त हुन्छः पूर्व प्रधानमन्त्री खनाल

७ साउन, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुन नसक्ने स्पष्ट पार्नुभएको छ ।

नेकपा एकीकृत समाजवादी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौँमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरि तालमेल हुन नसक्ने भन्दै तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने बताएका हुन ।

कांग्रेसप्रति लक्षित गर्दै खनालले केहि दलले बहुमत आउने गरि चूनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने स्पष्ट पारे । पूर्वप्रधानमन्त्री खनालले नेपाली कांग्रेसको नाम नै नलिइ स्थानीय तहमा जसलाई बोक्यो, उसलै आगामी निर्वाचनमा बहुमत ल्याए कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने बताए।

खनालले अहिले बामएकताको खाँचो रहेको औँल्याए । उनले आगामी निर्वाचनमा सम्भव भए बामपन्थी एकता गर्नुपर्ने र यसका लागि एमालेको नेतृत्व तयार हुन्छ कि हुदैन भन्ने प्रश्न रहेको जिकिर गरे । सवै पार्टीलाई सम्मानजनक ढंगले एकता गराउन एमालेले पहल लिए बामपन्थी एकता असम्भव नरहेको  उनको भनाइ छ ।

प्रकाशित मिति : July 23, 2022 at 8:28 pm