८ असार २०८३, सोमबार | Mon Jun 22 2026

संसदमा प्रस्तुत नागरिकता विधयक आपत्तिजनकः कमल थापा

६ साउन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रत्येक नेपालीले सहज र सरल रुपमा नागरिकता पाउनुपर्छ, वैवाहिक अंगीकृतका सन्दर्भमा नेपालमा बिबाह गरेर आएपछि निरन्तर सात वर्षसम्म बसोबास गरेपछि मात्रै नागरिकता जारी गर्ने, सो अवधिका लागि राजनीतिक बाहेकका अन्य अधिकार प्रयोग गर्न पाउने गरी आवासीय अनुमति पत्र दिने प्रावधान कायम गरिनुर्ने भन्दै अहिले संसदमा प्रस्तुत विधयक आपत्तिजनक भएको बताएका छन् ।

आज काठमाडौंमा पार्टी सम्बद्ध जनबर्गिय संगठनहरुको संयुक्त बिरोध प्रदर्शनमा बोल्दै थापाले सरकारलाई राष्ट्रघात र जनघात गर्ने काम नगर्न चेतावनी समेत दिए । मनपरी ढङ्गले जबर्जस्ती अघि बढ्न खोजे श्रीलंकामा नेताहरु प्रती जनताले देखाएको आक्रोश बेहोर्नु पर्ने तर्फ सचेत हुन समेत उनले आग्रह गरे । भ्रष्टाचार , बेरोजगारी र धर्म परिबर्तनले मुलुक आक्रान्त भएकोले देश जोगाउन अब जनता जाग्नु पर्ने बेला आएको थापाको कथन थियो ।

सरकारमा जान र सरकार टिकाईराख्न बिदेशीको आशिर्वाद खोज्ने नेतृत्वले मुलुकको स्वाभिमान जोगाउन नसक्ने थापाको कथन थियो । प्रजातन्त्रको आबरणमा सर्बसत्ताबाद लाद्ने दुष्प्रयासलाई सचेत जनताले अस्वीकार गर्ने बिश्वास ब्यक्त गर्दै थापाले राप्रपा नेपाल अब जनताको बिश्वास जित्दै संगठन गर्दै चुनाब र सडकबाट आफ्नो एजेन्डा स्थापित गर्ने गरि अघि बढ्ने समेत स्पष्ट पारे । कार्यक्रममा महिला संगठनकि नेतृ यबती कार्की, युबा मोर्चाका अध्यक्ष नगेन्द्र देउजा र विद्यार्थी संगठनका सदस्य सचिब त्रीबिक्रम सिह लगायतले बोलेका थिए ।

प्रकाशित मिति : July 22, 2022 at 7:13 pm