एमाले नुवाकोटका नेताहरूलाई ट्वाँ पार्दै ओलीले भने, भोट नहाल्नेले राजिनामा दिनु (भिडियो)
४ साउन, काठमाडौँ । नेकपा (एमाले) नुवाकोटका नेताहरूलाई ट्वाँ पार्दै केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई भोट नदिनेलाई राजिनामा दिन सुझाव दिएका छन । नुवाकोटमा टिकट बितरणदेखि मतदानको अवस्थामा ठूलो अन्तरघात भएको रिपोर्ट लिएर बसेका ओलीले जिल्लाका सबै ठूला भनिएका नेताहरूकै सामुन्ने लाजले मुख थुन्नुपर्ने गरी आलोचना गरे । उले यस्तो पाराले पार्टी चल्न नसक्ने बताए ।
अध्यक्ष ओलीले दुप्चेश्वरको ३ नम्बर वडा कमिटीमा ३९ जना सदस्य रहेकोमा निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार चुडामणि मोक्तानको २४ मत मात्र आएको भन्दै आक्रोश व्यक्त गरे । उनले भोट नहाल्नेहरू यही हलभित्र पनि रहेका होलान भन्दै एमाले नुवाकोटका नेताहरूलाइ थप स्तब्ध पारिदिए ।
उनले यस्तो पाराले पार्टी नचल्ने भन्दै राजिनामा दिन अनुरोध गरे । दुप्चेश्वर गाउँपालिकामा जिल्ला अध्यक्ष बद्री मैनालीको हिरारत्न हाइड्रोपावरको स्वार्थका कारण स्थानीय कमिटीको सिफारिस विपरित टिकट वितरण गराएका थिए । ओलीले स्थानीय निर्वाचनमा निकै ठूलो अन्तर्घात भएको भन्दै आपत्ति जनाए । नुवाकोटको नाम नै नलिइ ओलीले गलत प्रवृतिमाथि कडा प्रहार गरे ।
यद्यपी बेलकोटगढी नगरपालिकाको कार्यपालिकाको चुनावमा एमालेको भोट बेचिएको विषयमा भने अध्यक्ष ओलीले केही बोलेनन् । एमालेको २३ भोट रहेको बेलकोटगढीको कार्यपालिकामा एमालेका उम्मेदवारले जम्मा २ भोट प्राप्त गरेका थिए । एमाले जिल्ला कमिटी नुवाकोटका सचिव सुदर्शन नेपाल र नगरपालिकाका पूर्व मेयरले जवर्जस्ती गरेर रूखमा भोट हाल्न लगाएका थिए ।

बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा ओलीले बुधबार संगठित र क्रियाशील सदस्य भएका ठाउँमा समेत एमाले उम्मेदवारको कम मत आएको भन्दै आक्रोश व्यक्त गरे । ओलीले आफ्नै पार्टीका उम्मेदवारविरुद्ध प्रचार गर्दै आएको भन्दै तीव्र रोष प्रकट गरे । ‘यस्तो तालले एमाले गरिखाँदैन । पार्टी यसरी चल्दैन । यो त बेइमान भयो,’ ओलीले भने ।
नुवाकोटका एमाले केन्द्रीय सदस्यदेखि प्रदेश कमिटीका सदस्यहरूले खुलेआम पार्टीका उम्मेदवारको विरूद्धमा मत मागेको कुरा चुनाव लगत्तै र त्यसअघि पनि सार्वजनिक भएको थियो ।
यो पनि पढ्नुहोस्
बद्री मैनालीलाई एमालेको भन्दा हाइड्रोको माया, दुप्चेश्वरमा एमालेका कसैले उम्मेदवारी नदिने
एमाले जिताउन नसकेको भन्दै पञ्चकन्या अध्यक्ष खनालले दिए राजिनामा, बद्री मैनालीमाथि नैतिक दबाब
नुवाकोटमा समाजवादी प्रभावः आफूले एक वडा सदस्य जित्यो, तीन पालिकामा एमाले हरायो
नुवाकोटमा एमाले जोगाइदिने वीरबल र आशामायालाई केपी ओलीले दिए बधाई
नुवाकोटको बेलकोटगढीमा पनि बेचियो एमालेको भोट, पार्टीको भोट २३, उम्मेदवारले पाए १ र २ भोट
नुवाकोट एमालेका लागि दुई विकल्पः सुध्रिने कि सत्यानाशको बाटो रोज्ने ?
कीर्ते रिपोर्टले शिक्षकबाट निबृतिभरण लिएका खतिवडा एमाले नुवाकोटको स्कुल विभाग प्रमुख
अध्यक्ष र सचिव नै कारबाहीमा पर्ने भएपछि एमाले नुवाकोटको समिक्षा औपचारिकतामै सीमित
प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार २०:५५












