१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

विष्णु रिमाललाई जिताउन प्रतिनिधिमा वैचारिक र राजनीतिक प्रशिक्षण चाहिने

४ पुस, काठमाडाैँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले उपमहासचिव र केन्द्रीय सदस्यमा पराजित भएका नेता विष्णु रिमाललाई जिताउन प्रतिनिधिमा वैचारिक र राजनीतिक प्रशिक्षण चाहिने बताउनुभएको छ ।

पार्टीको एघाराैँ महाधिवेशनको सन्देश र संकल्प शीर्षकमा लेख्नुभएको १० बुँदे विशेषतामा ८ नम्बरको बुँदामा रिमालको सन्दर्भ जोड्नुभएको छ । उहाँले महाधिवेशन सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्नुभएका रिमालको निर्वाचनमा पराजय दुःखद पक्ष रहेको उल्लेख गर्नुभएको छ ।

महासचिव पोखरेलले यस घटनाले पार्टी पंक्तिमा कामभन्दा प्रचारको प्रभाव बढ्दै गएको र यसलाई सच्याउन वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक रहेको दाबी गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘महाधिवेशन सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्नुभएका कमरेड विष्णु रिमालको निर्वाचनमा पराजय दुःखद पक्ष रह्यो। यस घटनाले पार्टी पंक्तिमा कामभन्दा प्रचारको प्रभाव बढ्दै गएको संकेत गरेको छ, जसलाई सच्याउन वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक देखिन्छ।’

यो पनि पढ्नुहोस्

शंकरको नजरमा एमाले महाधिवेशनका दश विशेषता यस्ता छन्

प्रकाशित मिति : December 19, 2025 at 10:48 pm