प्रचण्ड र नारायणकाजीबीच डेढ घण्टा छलफल
४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा दुई नेताबीच कुराकानी भएको हो । अध्यक्षसँगको कुराकानीका लागि नारायणकाजी अपराह्न खुमलटार पुगेका हुन् । दुई नेताबीच डेढ घण्टा कुराकानी भएको स्रोतको भनाइ छ । भेटमा प्रचण्डको भारत भ्रमण र समाजवादी केन्द्र निर्माण तथा वाम एकताका विषयमा छलफल भएको जनाइएको छ ।
प्रकाशित मिति : July 20, 2022 at 7:59 pm









