टोखा– छहरे सुरुङमार्ग बजेटवाट किन हरायोः सांसद खतिवडा
४ असार, काठमाडौं । टोखा–खहरे सुरुङमार्गलाई बजेटमा समावेश नगरेको भन्दै सांसदहरुले सरकारसँग प्रश्न गरेका छन । नेकपा एमालेका सांसद नारयणप्रसाद खतिवडाले सो सुरुङमार्गलाई किन बजेटवाट हटाएको हो ? सो वारे जवाफ दिनका लागि सरकारसँग माग गरेका छन ।
‘केपी ओली सरकारले प्राथमिकताका साथ समावेश गरेको टोखा–खहरे सुरुङ मार्गलाई यस पटकको बजेटमा समावेश गरिएको छैन,’ खतिवडाले प्रतिनिधिसभा बैठकमा भने, ‘के सरकार विकास विरोधी भएको हो ? यसको जवाफ सरकारले दिनुपर्छ ।’
प्रकाशित मिति : July 20, 2022 at 11:34 am









