प्रचण्डको सचिवालय भन्छः अध्यक्षले आरजुलाई स्वास्थ्यलाभको कामना मात्रै गरेका हुन
१ साउन, काठमाडौँ । नेकपा माओवादीक केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रधानमन्त्री पत्नी आरजु राना देउवासँग भएको भेटमा प्रचण्डले स्वास्थ्यलाभको कामनामात्र गरेको जनाएको छ । भेटका विषयमा भएको टिकटिप्पणी गलत रहेको भन्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रचण्डको बारेमा टिप्पणी गर्नेहरू राष्ट्रियहित नबुझेका मान्छेहरू रहेको बताएका छन ।
मल्लको टिप्पणी यस्तो छ ।
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा९माओवादी केन्द्र०का अध्यक्ष कमरेड प्रचण्ड भारतीय जनता पार्टीका अध्यक्ष जयप्रकाश नड्डा ज्युको निमन्त्रणामा तीन दिने सदभावना भ्रमणका लागि नयाँ दिल्लीमा हुनुहुन्छ। उहाँको दैनिक भेटघाट र कार्यक्रम सबै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संचार माध्यमले प्रशारण गरिरहेका छन ।
आज बिहान भारतका लागि नेपाली राजदुतावासमा महामहिम शंकर प्रसाद शर्माले दिएको ब्रेकफास्ट मिटिङमा स्वास्थ्य उपचारको क्रममा भारतमा रहनु भएकी काङ्ग्रेस नेतृ डा आरजु राणा देउवासङ्ग कमरेड अध्यक्षको ब्रेकफास्टकै क्रममा सामुहिक भेट भएको हो। भेटको क्रममा कमरेड अध्यक्षले उहाँको स्वास्थ्यलाभको कामना गर्नु भएको थियोे। भेटघाटको क्रममा दूतावासका कर्मचारी सहित नेपाली समुदायका प्रतिनिधिसमेत सहभागी हुनुहुन्थ्यो।
यस विषयलाई लिएर केहि मान्छेले गलत नियतका साथ घटिया तरिकाले गरेको टिप्पणीप्रती हाम्रो ध्यानाकर्षण भएको छ। त्यस प्रकारका अराजनीतिक र अनर्गल टिप्पणीलाई अध्यक्ष कमरेडको सचिवालयको तर्फबाट पुर्णतः खारेज गर्दछौं । कुनै पनि भ्रम नरहन समेत देश विदेशमा रहेका देशभक्त नेपाली दिदीबहिनी दाजुभाइहरुमा हार्दिक आग्रह गर्दछौं।
हाम्रो देश र जनताको हित बाहेक अरु कुनै स्वार्थ छैन । राष्ट्रिय स्वार्थ प्रती प्रतिवद्द रहि छिमेकीसङग टेबुलमा बसेको एक राष्ट्रनायक प्रतिका टिप्पणीहरु नै राष्ट्रहितका विपरीत हुन्छन् भन्ने चेतना सम्बन्धित पक्षलाई हुन जरुरी छ।
धन्यवाद
प्रकाशित मिति : July 17, 2022 at 9:26 am









