८ असार २०८३, सोमबार | Mon Jun 22 2026

प्रचण्ड र आरजुको भेटबारे गंगा दाहालको खण्डन फेसबुकबाटै गायब

१ साउन, काठमाडौँ । शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ समेत रहेकी प्रधानमन्त्री पत्नी आरजु देउवा बिच भेटघाट भएको विषयमा आएका समाचारहरूको खण्डन र खारेज गर्छु भन्ने प्रचण्डपुत्रीको फेसबुक स्टाटस गायब भएको छ । शनिबार राति दिल्लीबाटै सामाजिक सञ्जालमा लामो स्पष्टिकरणसहित बाहिर आएका सबै कुरा झुटा भएको र त्यो खारेज गर्छु भन्ने गंगाको स्टाटस आइतबार बिहान फेसबुकबाटै हराएको छ ।

पछिल्लो समय आरजु र प्रचण्डले नेपालमा आलोपालो प्रधानमन्त्री बन्न भारतीय जनता पार्टीका महासचिव विजय चौथाइवालेको समन्वयमा भारतीय विभिन्न नेताहरूलाइ साक्षी राखेर सहमतिहरू भएको कुरा बाहिर आएको छ । आरजु र प्रचण्डबीच त्यस्तो सहमति हुन लागेको भनेर एक महिना अघि नै सूचनाहरू बाहिरिएका थिए ।

प्रकाशित मिति : July 17, 2022 at 9:13 am