९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

चिकित्सक संघले भोलिदेखि अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने

१६ भदाै, काठमाडाैँ । मुलुकी अपराध संहिता संशोधनको प्रक्रिया अगाडि नबढाएको भन्दै नेपाल चिकित्सक संघले आइतबारदेखि देशव्यापी विरोधका कार्यक्रम संञ्चालन गर्ने घोषणा गरेको छ ।

भदौ १ गते देखि लागू भएको मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ मा सरकारले संशोधनको प्रक्रिया अगाडि नबढाएकोले आकस्मिक बाहेकका सेवासम्म बन्द गर्ने गरी विरोधमा उत्रिएको संघले जनाएको छ।

संघले भोलि आइतबार (भदौ १७ गते) देशभरीका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवाबन्द गर्ने निर्णय गरेकोछ भने सोमबार मुलुकभरीको स्वास्थ्य संस्थाका प्रशासनिक कामहरु बन्द गर्ने, मंगलबारदेखि आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना नलिने, बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरु बन्द गर्ने र शुक्रबारदेखि आकस्मिक वाहेकका ओपिडी लगाएत सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने निर्णय चिकित्सक संघले गरेको छ ।

प्रकाशित मिति : September 1, 2018 at 9:43 am