१४ जेष्ठ २०८१, सोमबार | Mon May 27 2024

यस्ता पो मन्त्री ! पर्यटक बस दुर्घटनाको जिम्मा लिँदै बुल्गेरियाका तीन मन्त्रीले दिए राजिनामा


१६ भदौ, काठमाडौँ । पर्यटक बस दुर्घटनाको जिम्मा लिँदै बुल्गेरियाका तीन मन्त्रीले दिए राजिनामा दिएका छन । बस दुर्घटनामा मानवीय क्षति भएको बुल्गेरियाका तीन मन्त्रीले राजीनामा दिएका हुन । पर्यटक बस दुर्घटनापछि त्यहाँको सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन् ।

पश्चिम बुल्गेरियाको राजधानी सोफियाबाट ५० किलोमिटरको दूरीमा पर्ने पश्चिम भागमा अघिल्लो शनिबार पर्यटक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । १३ को घटनास्थलमै र ४ जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले बस चालकलाई मात्रै दुर्घटनाको दोषी देखाएको भए पनि त्यहाँको सरकारको चर्को आलोचना भएको थियो । आलोचनापछि बुल्गेरियाका प्रधानमन्त्री बोय बोरिसोभले ३ मन्त्रीलाई राजीनामा दिएर नैतिकता देखाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको त्यस्तो निर्देशनसँगै ३ मन्त्रीले दुर्घटनाको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार ०९:१९