११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

ओएनएफ तोहोकु जापानको अध्यक्षमा अनिल गिरी

२७ असार, जापान । प्रवासी नेपाली मञ्च तोहोकु क्षेत्रीय कमिटिको प्रथम अधिबेशन सम्पन्न भएको छ। अधिवेशनबाट अनिल गिरीको अध्यक्षतामा २५ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको छ ।

प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटि सचिवालय सदस्य तथा पूर्बी एसिया ईन्चार्ज भक्त गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा बिशेष अतिथि मञ्चका पूर्बी एसिया कमिटी अध्यक्ष डा. सरोज कडेल, मञ्च जापानका अध्यक्ष सुरेश केसी रहेका थिए भने अतिथिहरुमा ओएनएफ जापानका संगठन बिभाग प्रमुख कुलचन्द्र खरेल,प्रचार बिभाग प्रमुख प्रकाश ढकाल, संघसंस्था बिभाग प्रमुख अर्जुन अधिकारी, कान्तो क्षेत्रीय कमिटि अध्यक्ष बुद्धिराज घिमिरे, राष्ट्रिय कमिटि सदस्य बिजय उप्रेती, राष्ट्रिय कमिटि सदस्य बिनय गुरुङ लगायतका उपस्थिति रहेको थियो । अधिवेशनको उद्घाटन प्रमुख अतिथी गुरुङले भर्चुअल माध्यम बाट गरेका थिए ।

अधिवेशनबाट अध्यक्षमा गिरी सहित उपाध्यक्ष दिपक तामाङ (स्याङ्तान), सचिब सुजनराज गुरुङ, उप-सचिब सुजन बौद्धचार्य र दिपक तामाङ (दोङ) रहेका छन् भने सदस्यहरुमा कमल बिक, नारायण रिमाल, भबेश न्यौपाने, राजेन्द्र मिश्र, उत्तम घिमिरे, बलराम दाहाल, मनोज कार्की, सुर्यप्रसाद कोईराला, सजन सापकोटा, भरत जैशी, मिलन लो लामा, बुनु तामाङ, रामकृष्ण मानन्धर निर्वाचित भएका छन् ।

ओएनएफ जापानका प्रचार विभाग प्रमुख प्रकाश ढकालका अनुसार वाकी ६ सदस्य कमिटीको आगामी बैठकबाट मनोनित गरिने भएको छ । प्रचार प्रमुख ढकालले कमिटीको आगामी बैठकबाट तोहोकु क्षेत्रमा रहेका नेपाली समुदायको हितमा संगठनलाई कसरी परिचालित गर्न सकिन्छ भनेर छलफल गरेर विभिन्न कार्ययोजनाहरु निर्माण गरिने बताए ।

प्रकाशित मिति : July 11, 2022 at 9:38 pm