८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एमाले केन्द्रीय सल्लाहकार परिषदमा महेन्द्रबहादुर पाण्डे काठमाडाैँबाट, नुवाकोट शून्य

२७ असार, नुवाकोट । नेकपा एमालेले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अन्तरपार्टी निर्देशन-४ जारी गर्दै सो को जानकारी दिएका छन । ओलीले जारी गरेको अपानी अनुसार ३०६ सदस्यीय सल्लाहकार परिषद् गठन भएको छ ।

परिषद्मा एकै जिल्लाबाट १० जनासम्मको प्रतिनिधित्व भएको छ भने नुवाकोटबाट प्रतिनिधित्व शून्य भएको छ । विगतमा नुवाकोटमा चुनाव लडेका महेन्द्रबहादुर पाण्डेको पनि काठमाडाैँबाटै प्रतिनिधित्व भएको छ । काठमाडाैँबाट राष्ट्रपतिका सल्लाहकार सुशिल प्याकुरेलदेखि पूर्व अर्थमन्त्री डा युवराज खतिवडासम्म परेका छन ।

एमालेले २७ वटा विभागमा सदस्य चयनमा पनि स्कुल विभागमा एक जना रामशरण प्याकुरेल बाहेक कोही सदस्य छैन । पछिल्लो समयमा एमालेका नेताहरू सक्रिय रहे पनि कार्यकर्ताको व्यवस्थापनमा चुकेको देखिन्छ ।

प्रकाशित मिति : July 11, 2022 at 3:13 pm