८ असार २०८३, सोमबार | Mon Jun 22 2026

बजुरा घटनालाई लिएर एमालेले माग्यो महान्यायाधिवक्ता खातीको राजीनामा

२७ असार, काठमाडाैँ । स्थानीय तहको निर्वाचनमा अमार्यदित क्रियाकलाप गरेको भन्दै एमालेले महान्यायाधिवक्ता खम्बबहादुर खातीको राजीनामा मागेको छ ।

प्रतिनिधिसभा बैठकमा साेमबार बौल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले गत ३० वैशाखको स्थानीय तहको निर्वाचन क्रममा बाजुराको, बुढीगंगा पुगेका महान्यायाधिवक्ता खातीले अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले राजीनामा माग गरेको हो ।

‘३० वैशाखको निर्वाचन अनुगमन गर्न गएको निर्वाचन आयोगको टोलीले नेपाल सरकारका महान्यायाधिवक्तालाई किटानी गरेरै सो नगरपालिकको वडा नम्बर ४ को थुमा भन्ने गाउँमा निर्वाचनको बेला अमर्यादित गतिविधि गरेको भनेर किटानी नै गरेको छ तर अहिलेसम्म उहाँले राजीनामा दिनु भएको छैन,’ प्रमुख सचेतक भट्टराईले भने । दोषी किटान भइसक्दा पनि महान्यायाधिवक्ता खातीले नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै उनले आश्चर्यसमेत व्यक्त गरेका छन् ।

(यसअघि बाजुरा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । सम्पादक)

प्रकाशित मिति : July 11, 2022 at 1:15 pm