८ असार २०८३, सोमबार | Mon Jun 22 2026

अबको चुनाव जित्न एमालेले पार्टीको एजेण्डा र सरकारमा हुँदा गरेको कामको तीव्र प्रचार गर्ने

२७ असार, काठमाडाैँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको समिक्षा गर्दै आगामी संघीय र प्रदेशको निर्वाचनमा पार्टीलाई थप बलियो बनाउन निर्वाचिन केन्द्रीय कार्ययोजना बनाउन सुरु गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेको अन्तरपार्टी निर्देशन ४ मा उल्लेख भए अनुसार स्थानीय तहको निर्वाचनमा सोचे जस्तो परिणाम आएन भनेर कार्यकर्तालाई हतोत्साहि नहुन भनिएको छ ।

‘महागठबन्धनसँग लडेर एमाले एक्लैले अहिलेको नतिजा ल्याउनु आफैँमा ठूलो उपलब्धि हो’ अपानीमा भनिएको छ ‘त्यसैले उच्च मनोवल बनाएर आगामी निर्वाचनको तयारीमा लाग्नु पर्दछ ।’

गठबन्धन, सरकार, प्रहरी, न्यायलय एकातिर हुँदा पनि एमालेले ३४ प्रतिशत मत ल्याएर सर्वाधिक ठूलो दल बन्नु आफैँमा ठूलो उपलब्धी भएको उल्लेख छ । एमालेले अबको निर्वाचनमा मत वृद्धिका लागि मुख्य तीनवटा सुत्र आम कार्यकर्तासम्म पुर्याउने अपानीमा उल्लेख गरेको छ ।

जस अनुसार पहिलोमा मतदाता नामवाली अद्यावधिक गर्ने । छुटेका मतदाताको नाम समावेश गर्ने अभियान सञ्चालन गर्ने, दोहोरिएका नामहरु हटाउन निर्वाचन आयोगको ध्यान आकर्षण गराउने । दोस्रोमा आम जनसमुदायमा पार्टीका नीति र एजेण्डाहरुको व्यापक प्रचार गर्ने र तेस्रोमा एमाले सरकारले गरेका कामको सशक्त प्रचार गर्ने । अध्यक्ष ओलीले आज जारी गरेको ३४ पृष्ठ लामो अपानीमा ‘आम निर्वाचनको तयारी’ शिर्षकमा उल्लेखित सुत्रहरु सुझाइएको छ ।

प्रकाशित मिति : July 11, 2022 at 11:50 am