८ असार २०८३, सोमबार | Mon Jun 22 2026

ढिलो वा चाँडो माधव नेपालले कठघरामा उभिएर एमाले विभाजनको प्रायश्चित्त गर्नुपर्नेछः घनश्याम भुसाल

२७ असार, काठमाडाैँ ।नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले विभाज गरेकामा एक दिन प्रायश्चित गर्नुपर्ने बताएका छन । सोमबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा मार्फत स्थायी कमिटी सदस्य भुसालले माधव नेपालको बारेमा टिप्पणी गरेका हुन ।

उनले भनेका छन, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् । कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए । त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।’

प्रकाशित मिति : July 11, 2022 at 8:24 am