१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

तीज मनाउन एडिलेड आउँदै रचना रिमाल र पशुपति शर्मा

२६ असार, एडिलेड । नेपाली महिलाहरुको पर्व तीजको उपलक्ष्यमा आयोजित कार्यक्रमका लागि चर्चित नेपाली कलाकार पशुपति शर्मा र रचना रिमाल अगष्ट ८ मा एडिलेड आउने भएका छन् ।

केबिसी खबर को संयोजनमा अष्ट्रेलिया भ्रमणमा रहेका कलाकारहरु एडिलेडमा गिरीश इभेन्ट, चन्द्र सुर्य इभेन्ट र थ्रिकेजी इभेन्टद्वारा आयोजित कार्यक्रममा सहभागी हुन लागेका हुन् । गिरीश इभेन्टका निर्देशक गगन गिरीले नेपाली हिन्दु नारीहरुको महान पर्व विगत केहि वर्ष कोरोना महामारीका कारणले खुलेर मनाउन नपाएकाले यस वर्ष भव्य रुपमा मनाउन कलाकारहरुलाई आमन्त्रण गरिएको बताए ।

यसैगरि कलाकार रचना रिमाले एडिलेड सहित अष्ट्रेलिया भ्रमण प्रति निकै उत्सुक रहेको र नेपाली दर्शक श्रोतालाई भरपुर मनोरञ्जन दिने वताइन । एडिलेडको स्थानिय डोम पोल्स्की सेन्टरमा साझ ६ वजेबाट शुरु हुने कार्यक्रममा स्थानिय कलाकारहरुको समेत गित तथा नृत्य प्रस्तुति हुने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आईतवार १४:३३