प्रदेशको संरचना खारेज गराैँः पूर्वमन्त्री बाँस्कोटा
२६ असार, काठमाडाैँ । नेकपा (एमालेका) पोलिटब्यूरो सदस्य एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रदेश संरचना आवश्यक नभएको बताएका छन।
सामाजिक सञ्जाल मार्फत दोस्रो पटक प्रदेश संरचना खारेजीको बारेमा लेख्दै बाँस्कोटाले गण्डकी प्रदेशका मन्त्रीहरुले बजेटमा मातापिताका नाममा राखेका ट्रष्टले पनि प्रदेश संरचना आवश्यक नभएको पुष्टि भएको बताएका छन ।
बाँस्कोटाले भनेकाछन, ‘र,फेरी पनि भन्छु यो प्रदेश संरचना त गण्डकी प्रदेश सरकारको बजेटमा राखिएका मन्त्रीका मातापिता ट्रष्टले पनि प्रमाणित गरिसक्यो कि आवश्यक छैन ।’
केहीदिन अघि गण्डकी प्रदेशले ल्याएको बजेटमा मूख्यमन्त्री र मन्त्रीहरूले मातापिताको नाममा ट्रष्ट बनाउन बजेट बिनियोजन गरेर राज्यको पैसा सिधै घर भित्र्याउने अभियान चलाएका छन ।
प्रकाशित मिति : 14:17









