८ असार २०८३, सोमबार | Mon Jun 22 2026

जापानका प्रधानमन्त्री आबेको हत्याप्रति ओलीद्वारा दुःख व्यक्त

२४ असार, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन । उनले आज ट्विटमार्फत आबेको हत्याको भत्र्सना गर्दै निधनप्रति दुःख व्यक्त गरेका हुन।

उनले ट्विटरमा भनेका छन, “जापानका पूर्वप्रधानमन्त्री आबेको जघन्य हत्याको म घोर भत्र्सना गर्दछु । उहाँ नेपालको असल मित्र हुनुहुन्थ्यो र उहाँले प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुद बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।” उनको आज बिहान गोली हानी हत्या भएको हो ।

प्रकाशित मिति : July 8, 2022 at 10:27 pm