माओवादीले जनयुद्ध के पाएर छाडे ? हतियार के का लागि उठाइएकाे थियो ? ओली
२४ असार, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले के–का लागि हतियार उठाएको भन्ने जवाफ अहिलेसम्म दिन नसकेको बताएका छन् । माओवादीले ‘महान जनयुद्ध के पाएर छाडे’ ओलीले प्रश्न गरे ? शुक्रवार काठमाडौंमा छविलाल कार्कीको स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी जनयुद्धको कुनै औचित्य पुष्टि गर्न नसकेको टिप्पणी गरेका हुन् ।
‘माओवादीको पहिलो माग गोलमेच, दोस्रो सर्वपक्षीय सरकार, तेस्रो माग थियो संविधानसभा । संविधानसभाको मागको लागि हतियार उठाउनु पथ्र्यो ?’ ओलीले प्रश्न गरे, ‘के–का लागि हतियार उठाएको थियो, अहिलेसम्म जवाफ दिन सकेको छैन ।’ पेरुका कम्युनिस्ट नेता गोन्जालोको उदाहरण दिँदै ओलीले भने, ‘पेरुका गोन्जालोले निहत्था कम्युनिस्ट ३० हजार मारेका थिए, यहाँका प्रचण्डले पनि कम्युनिस्ट कार्यकर्ता मारे ।’
ओलीले माओवादी जनयुद्धको उद्देश्य गलत रहेको टिप्पणी गरेका छन् । ‘महान भनिएको जनयुद्धले के पाए ? विघटित संसद पुनस्र्थापना गर्न १७ हजारको मृत्यु जरुरी थियो ? देशको भलाइ होइन अस्थिरता उत्पन्न गर्ने उदेश्य थियो’ ओलीले भने ।
प्रकाशित मिति : July 8, 2022 at 3:36 pm









