६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

चुनाव प्रचारको क्रममा गोली लागेका जापानका पूर्व प्रधानमन्त्री आवेको निधन


२४ असार, काठमाडाैँ । चुनाव प्रचारको क्रममा गोली लागेका जापानका पूर्व प्रधानमन्त्री आवेको निधन भएको छ । उनको उपचारका क्रममा निधन भएको हो । आइतबार हुने माथिल्लो सदन निर्वाचनअघि लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारका लागि प्रचार गरिरहेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको थियो । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो । उनी जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री भएका थिए ।

प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ । आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ । यद्यपी उनी अचेत छन । उनको अवस्था चिन्ताजनक रहेको छ । गोली लागेका उनी कार्यक्रम स्थलमै बेहोस भएको जापानको राष्ट्रिय प्रशारण संस्था एनएचकेले जनाएको छ । गोली लागेका आवे बेहेस भएका थिए ।

आबेलाई पछाडिबाट गोली लागेको र रगत बगेको देखिएको एनएचकेले जनाएको छ । टोकियोका पूर्व गभर्नर योइची मासुजोएले एक ट्वीट गर्दै आबे कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा रहेको बताएका छन्। जापानमा मृत्युको आधिकारिक पुष्टि हुनु अघि यो शब्द प्रायः प्रयोग गरिन्छ।

जापानको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका आबेले स्वास्थ्यको कारण देखाउँदै २०२० मा राजीनामा दिएका थिए । उनले पछि आफू आन्द्राको रोगबाट ग्रस्त रहेको बताएका थिए । बन्दुकमाथि प्रतिबन्ध लगाइएको जापानमा गोली प्रहारका घटना कमैमात्र हुने गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १४:५७