८ असार २०८३, सोमबार | Mon Jun 22 2026

आर्थिक अपराधले गुम्यो जनार्दन शर्माको मन्त्री पद, बर्खास्तगी अघि नै राजिनामाको घोषणा

२२ असार, काठमाडाैँ । आर्थिक अपराधले अर्थमन्त्री जनार्दन शर्माको मन्त्री पद गुमेको छ । शर्माले संसदमा बोल्दै राजिनामा दिएको बताएका हुन । त्यसअघि समितिले आर्थिक अपराधको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय छावनिन समिति घोषणा भएको थियो । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको बैठकमा ११ सदस्यीय समिति घोषणा गरेका हुन ।

अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएर राजस्वको दर हेरफेर गराएपछि एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

सहमति अनुसार ११ सदस्यी मितिमा एमालेबाट ४ जना, कांग्रेस र माओवादीबाट २र२ र गरी ४ जना र कीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १र१ जना सदस्य रहेका छन । समितिको संयोजक समितिले नै तोक्ने छ भने समितिले १० दिनमा अाफ्नो प्रतिवेदन सभामुखलाइ पेश गर्नेछ ।

प्रकाशित मिति : July 6, 2022 at 4:31 pm