नेकपा माओवादी केन्द्रको महासचिवमा देवेन्द्र पौडेल !
२२ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रको महासचिवमा देवेन्द्र पौडेलको पनि सम्भावना बढेको छ । जनार्दन शर्मा र वर्षामान पुनले एकले अर्कोलाई स्वीकार नगर्ने परिस्थिति बनेपछि प्रचण्डले तेस्रो विकल्पको रूपमा देवेन्द्रलाई अघि सार्न लागेको माओवादी स्रोतले जनाएको छ ।
दैनिकीको सम्पर्कमा रहेको माओवादी स्रोतका अनुसार मंगलबार साँझदेखि देवेन्द्र पौडेलको महासचिव हुने सम्भावना बढेर गएको छ । जनार्दन र वर्षामानले एकले अर्कोलाई स्वीकार नगरे पनि देवेन्द्र दुबैले स्वीकार गर्ने पात्र हुन ।
प्रचण्डले देवेन्द्रसहितका केही नेतालाई अहिले खुमलटारस्थित आफ्नो निवासमा बोलाएका छन । प्रचण्डकै निवासमा स्थायी समितिको बैठक पनि बोलाइएको छ । यद्यपी अन्तिम समयसम्म पनि जनार्दन र वर्षामान आफ्ना लागि पनि लागिरहेका छन । शर्मा पछिल्लो समय आर्थिक अपराधमा मुछिएर प्रमाण नै मेटाएपछि साह्रै विवादित बनेका छन । अस्वस्थ भएर चीनमा उपचार गरेर फर्किएपछि वर्षामान त्यतिधेरै राजनीतिक गतिबिधिमा सक्रिए देखिएका छैनन् ।
शान्त स्वभावका देवेन्द्र खासै आक्रामक छैनन् । यसअघि माओवादीले महासचिव बनाएका पात्रहरू पनि प्राय शान्त स्वभावका नै थिए । रामबहादुर थापा बादल, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा लगायत जो महासचिव भएका थिए ती सबै झट्ट हेर्दा शान्त स्वभावका देखिन्थे ।
प्रकाशित मिति : 09:55









