१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

हिमालयन मल्टिकल्चरल सोसाइटीलाई साउथ अष्ट्रेलियाका लागि मानार्थ जनसम्पर्क प्रतिनिधिमा नियुक्त

२१ असार, एडिलेड । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डेन मन्त्रालयले हिमालयन मल्टिकल्चरल सोसाइटीलाई साउथ अष्ट्रेलियाका लागि मानार्थ जन सम्पर्क प्रतिनिधि नियुक्त गरेको छ ।

मन्त्रालयका शाखा अधिकृत राजकुमार दुलालद्वारा हस्ताक्षरित पत्रमा नेपालको पर्यटन उद्योगको प्रवद्र्धनमा संस्थाले गरेको बहुमूल्य सेवाको कदरस्वरुप २७ जुन २०२२ को निर्णय अनुसार नियुक्ति गरिएको उल्लेख गरिएको छ । पत्रमा नियुक्ति २८ जुन २०२२ देखि २७ जुन २०२४ सम्म दुई वर्षको लागि लागू हुनेछ भनिएको छ । मन्त्रालयले पर्यटन प्रवर्द्धनमा सोसाइटीले उत्कृष्ट काम गर्नेमा विश्वस्त व्यक्त गरेको छ ।

यसै गरि पत्रमा नेपाली पर्यटन उद्योगका लागि अष्ट्रेलियामा रहेको नेपाली दूतावास, टुर अपरेटरहरू, मिडिया, कूटनीतिक एजेन्सीहरू र दक्षिण अष्ट्रेलियामा एनआरएनएका साथै अन्य क्लब, संघ र सम्भावित आगन्तुकहरूलाई यात्राको चासो जगाउन र प्रोत्साहित गर्नका लागि संस्थाले नेपाललाई प्रतिनिधित्व गर्दै निकट समन्वय र सहकार्यमा काम गर्न आवश्यक छ रहेको उल्लेख गरेको छ । सोसाइटीले यस्ता गतिविधिको रिपोर्टिङ नियमित रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाउने अपेक्षा समेत मन्त्रालयले गरेको छ ।

सोसाइटीमा संचालक गोविन्द रानाले हालै सोसाइटीले साउथ अष्ट्रेलियका उच्च राजनीतिक नेतृत्वलाई नेपाल भ्रमणको लागि पहल गरेको सन्दर्भमा पर्यटन मन्त्रालयले सोसाइटीलाई यो जिम्मावारी दिएको बताए ।

अर्का संचालक सुजन एसीले निकट भविष्यमा उच्च तहको भ्रमण सहित खास गरि पर्यटन प्रवर्द्धनमा एसोसियसनले जोडदिने बताए । उनले पर्यटन मन्त्रालय तोके बमोजिमका कार्य सबै सरोकारवालाहरुको सहकार्यमा सम्पन्न गर्ने समेत बताए ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार १३:१९