८ असार २०८३, सोमबार | Mon Jun 22 2026

अखिल क्रान्तिकारीको १ सय ९७ सदस्यीय समानान्तर समिति (सूचीसहित)

२१ असार, काठमाडाैँ । प्रज्ञा भवनमा नेकपा माओवादीको केन्द्रिय समितिको पुर्ण बैठक चलिरहदाँ सोही पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की समुहले भने समानान्तर समितिलाई पुर्णता दिएको छ ।

अध्यक्ष पञ्चा सिंहले संगठनमा बिद्यान बिपरित पदाधिकारी चयन देखी केन्द्रिय समितिमा सदस्य थप गरेको भन्दै लामो समय देखी असन्तुुष्ट कार्की समुहले अखिल क्रान्तिकारी बिशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेर समानान्तर गतिबिधिमार्फत पुर्णता दिएको हो ।

सो समुहले १ सय ९७ सदस्य केन्द्रिय आयोजक समिति गठन गर्दै प्रदेश १ मा भरत घिमिरे, मधेस प्रदेशमा शिवराज धमला, बाग्मती प्रदेशमा सुरजसिंह ठकुरी, गण्डकी प्रदेशमा विकास भट्टराई, लुम्विनी प्रदेशमा बिनोद बराल, कर्णाली प्रदेशमा पदम नेपाली, सुदुरपश्चिममा सिके भट्ट र बिशेष प्रदेशमा सञ्जिव कार्कीलाई इन्चार्ज- संयोजक तोकेको छ ।

सो समुहका उपदेश यादवका अनुसार झन्डै २ दर्जन केन्द्रिय बिभागमा पनि इन्चार्ज र सह–इन्चार्ज तोकिएका छन । आगामी बैठकले राष्ट्रिय सम्मेलनको मिति तय गर्ने यादवले जानकारी दिएका छन ।

प्रकाशित मिति : July 5, 2022 at 11:05 am