सिंहदरबार अपराध गर्ने र अपराधी मात्रै बस्ने ठाउँ नबनोस्ः प्रवक्ता श्रेष्ठ
२१ असार, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सिंहदरबार अपराध गर्ने र अपराधी मात्रै बस्ने ठाउँ बनाउन नहुने बताएका छन । अर्थमन्त्री जनार्दन शर्माको राष्ट्रघातका विषयमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै श्रेष्ठले बित्तिय अपराधमा संलग्नलाइ तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन ।
उनले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका छन
सिंहदरबार अपराध गर्ने र अपराधी मात्रै बस्ने ठाउँ नबनोस् ।
बजेटमा कर निर्धारण गर्दा अनधिकृत प्रवेश र चलखेल गरेका/गराइएका ठूला व्यापारिक घरानाको प्रतिनिधि संलग्न सिसिटिभी फुटेज डिलिट गरिनु वित्तीय अपराधको निरन्तरता हो । बजेट जस्तो संवेदनशील विषयमा मनपरि गरिनु, अनधिकृत व्यक्ति समावेश गरिनु, प्रमाण नष्ट गरिनु, राज्यका संयन्त्रलाई बिचौलिया सामु निरिह बनाइनु घृणित घटना हो । सिसिटिभी फुटेजको प्रमाण नष्ट गरिएको विषयलाई सामान्य घटनाको रुपमा लिइनु हुँदैन, सत्ता गठबन्धनले घटनाको नैतिक जिम्मेवारी लिनुपर्छ । जघन्य अपराधमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिनुपर्छ ।
सम्माननीय प्रधानमन्त्रीज्यु, गठबन्धन जोगाउने नाममा अनैतिक अर्थमन्त्रीलाई संरक्षण नगरियोस् ।
प्रकाशित मिति : July 5, 2022 at 9:14 am









