८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एमालेको सदस्यता नविकरण साउन मसान्तसम्म गर्न सकिने, गर्न नभ्याउनेको के हुन्छ ?

२० असार, काठमाडाैँ । नेकपा (एमाले) केन्द्रीय संगठन विभागले पार्टी सदस्यता नवीकरणको समयावधि असार मसान्तमा नसकिने भएकाले साउन मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संगठन विभागको बैठकमा महासचिव शंकर पोखरेल समेत सहभागी थिए ।

बैठकले एमालेले संगठनसम्बन्धी कार्यशालाका सम्बन्धमा बाग्मती प्रदेशमा सम्पन्न भइसकेको र अन्य प्रदेशको हकमा असार, साउन र भदौ महिनामा सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ ।

जस अनुसार,  प्रदेश १ मा यसै असार महिनाको २९ र ३० गते, गण्डकी प्रदेशमा साउन १ र २ गते, लुम्बिनी प्रदेशमा साउन १३ र १४ गते, सुदूरपश्चिममा साउन ३ र ४ गते र कर्णाली प्रदेशमा भदौ पहिलो साता सम्पन्न गर्ने निर्णय गरेको छ । मधेश प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटीको समयतालिका पनि छिटै तय हुने छ ।

बैठकमा महासचिव पोखरेलले सांगठनिक काम व्यवस्थित गर्ने, जनताका सरोकारका विषय र सामाजिक मुद्दाहरूमा पार्टी कमिटीबाटै आवाज उठाउनुपर्ने, जनसंगठनहरूको अधिवेशन निश्चित समयभित्र सम्पन्न गर्ने, सबै तहका कमिटीहरूमा सचिवालय गठन गर्ने लगायत विषयमा निर्देशनात्मक मन्तव्य दिएका थिए ।

प्रकाशित मिति : July 4, 2022 at 4:59 pm